बबई गाउपालिकामा नियमित अनुगमन

बालकृष्ण पाण्डे
हापुरे ७ फाल्गुन । बबई गाउँपालिकाले आज वडा नं. ४,५र ६ मा योजनाहरुको नियमित अनुगमन गरेको छ । बबई गाउपालिकाका उपाध्यक्ष एब अनुगमन समितिका संयोजक साबित्रा बिश्वकर्माको नेतृत्वमा बबई गाउपालिका वडान ४,५र ६ मा सम्पन्न भएका विभिन्न योजनाको अनुगमन गरिएको हो ।

बबई गाउपालिका वडा नं. ४ मा रहेको रातोकुलो धागेछहरा सडक योजना ५ मा रहेका डाडागाउँ घट्टेतहरा नहर निर्माण र रिमखोली घुमाउरे नहर निर्माण योजना वडा नं. ६मा रहेको खिलतपुर नहर निर्माण योजनाको अनुगमन गरिएको छ । बबई गाउपालिकाले योजनाको अनुगमन लाई कडा बनाउदै लगेको बबई गाउपालिकाका उपाध्यक्ष एब अनुगम समितिका सम्योजक साबित्रा बिश्वकर्माले जानकारी दिनुभएको छ ।

अनुगमनमा उपाध्यक्ष एवम अनुगमन समितीका सम्योजक साबित्रा बिश्वकर्मा वडान ५ का अध्यक्ष डम्बरबहादुर श्रीस , बबई गाउपालिकाका योजना शाखा प्रमुख तिलक केसि , प्राबिधिक होमराज ओलि रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया