वडाअध्यक्षद्वारा महिलामाथि कुटपिट !

रुकुम पूर्व, ८ फागन । रुकुम पूर्वमा पुथाउत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्षले एक महिला कुटेका छन् । वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडाकी ४१ वर्षीया जयपुरा बुढामगर माथि निर्घात कुटपिट गरेका हुन् । निर्माणाधिन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले महिलालाई कुटपिट गरेका हुन् ।

वडाध्यक्षले आफुमाथि मोटरसाईकलको हेल्मेट प्रहार गरेको र ढुंगा थुपारिएको ठाउँमा धकेलेको पीडित महिलाले बताएकी छन् । कुटपिटबाट शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको उनले बताएकी छन् । हाल उनको स्थानीय स्थास्थ्य संस्थामा उपचार भइरहेको छ । बुढा महिला विकास कार्यालयले गठन गरेको तत्कालिन पारालिगल समितिकी सदस्यसमेत हुन् ।

आफुमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् । तर प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कार्यालयमा वडाध्यक्षबाट कुनै महिला कुटपिट भएको उजुरी नआएको बताए ।

तपाईको प्रतिक्रिया