खाँडले अरु ५ वटा जुलुस निकाले पनि बुटवल राजधानी हुदैन– कांग्रेस नेता चौधरी

तुलसीपु, ८ दाङ । कांग्रेस नेता डिल्ली चौधरीले राजधानीको विषयमा कांग्रेस कम्युनिष्ट नहुने बताउनु भएको छ । हिजो कांग्रेस सरकारको वेला बालकृष्ण दाईले प्रधानमन्त्रि शेरबहादुर देउवालाई प्रभाव पारेर बुटवल राजधानी लैजानु भयो अव बुटवलमा संभाव नभएको बताउनु भएको छ । हामी कम्युनिष्ट कांग्रेस नभई दंगाली भएर सोच्नु पर्ने नेता चौधरीले तर्क गरेका छन् ।

दाङको तुलसीपुरमा मंगलबार प्रदेश टुडे दैनिक पत्रिकाको वार्षिक उत्सव कार्यक्रमलाई संवोधन गर्दै ५ नं. प्रदेश सभाका लेखासमितिका सभापति समेत रहेका चौधरीले बुटवल राजधानी हुने कुरामा कोहि विश्वस्त नहुन र त्यहाँ पायक पनि नपर्ने बताउनु भएको छ ।

‘कार्यक्रमलाई संवोधन गर्दै नेता चौधरीले भने – बालकृष्ण दाइले अरु पाँच वटा आन्दोलन गरे पनि बुटवल स्थायी राजधानी हुनै सक्दैन र हुन दिनु पनि हुदैन ।

अनौपचारिक छलफलमा सधै बुटवल राजधानी तोकेर ५ नंवर प्रदेशका जनतालाई कांग्रेस नेतृत्वको तत्कालिन सरकारले अन्याय गरेको बताउने चौधरीले कांग्रेस नेता तथा देउवाका विश्वास पात्र बालकृष्ण खाँडका विरुद्व वाकयुद्व छेडेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको बताउँनु भएको छ । यो सन्दर्भमा दाङ एकजुट हुदै पूर्व लुम्विनीलाई पनि विश्वासमा लिएर राजधानी वैधानीकरुपमै दाङमा लेउन कुटनितिक पहल लिनु पर्ने बताउनु भएको छ ।

‘सम्वोधनका क्रममा मेयर पाण्डेले –दाङ सम्भावनाको नजिक पुगिसकेको खबर मैले पनि प्राप्त गरेको छु । तर,त्यसका लागि जिल्लामा रहेका सबै राजनीतिक दल, संघ संस्था एक हुन आवश्यक रहेको बताउँनु भएको छ ।

कार्यक्रमका अन्य वक्ताहरु सवैले ५ नंवर प्रदेशको राजधानी दाङमै पायक पर्ने भएको हुदा स्थायी राजधानी दाङमै बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया