बमजनलाई कार्वाही गर्न कोमल वलीको माग

काठमाडौँ, ८ फागुन । राष्ट्रिय सभाकी सदस्य सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा उनले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् । बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले भनेपनि अहिलेसम्म कारबाही हुन नसकेको भन्दै ध्यानाकर्षण गराएकी हुन ।

उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसँग जवाफ मागिन् । जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए ।

घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै गृहमन्त्री थापाले बमजनमाथि छानबिन गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया