सोकमा डुब्यो दाङ, रहेनन् माननिय उत्तर वली

हापुरे, १० फागुन । दाङ क्षेत्र नंवर ३ (ख) बाट निर्वाचित प्रदेश नंवर ५ का माननिय सांसद उत्तरकुमार ओलीको उपचारको क्रममा दुखद निधन भएको छ । गत माघ २४ गते बुटवलबाट दाङ तर्फ जादै गर्दा लमहि घोराही सडक खण्डको मसोट नजिकको मोडममा सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सांसद वलीको काठमान्डौंको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा विहान ३ बजे निधन भएको उहाँका सचिवालयले जानकारी गराएको छ ।

२०५६ साल देखी तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्व भएर राजनीति सुरु गरेका ३६ बर्षका सांसद ओली एकाएक पार्टी राजनीतिमा चर्चामा आएका थिए । सांस्द वलीले पार्टी भित्र जुझारु, आँटिला तथा भद्र नेताको पहिचान बनाएका थिए । दिनरात जनताका काममा खटिरहने युवा नेता वली नेपाल कम्युनिष्ट पार्टीका असल नेता थिए । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड रहेको थियो । ओलीको निधनले दाङ यतिबेला दाङसोकमा डूबेको छ ।

घाइते ओलीको टाउको खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । अस्थाई राजधानी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी एक आपसमा ठोक्किदा उनि गम्भीर घाईते भएका थिए । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २० वर्षीया रमिता शर्माको सोही बसले च्यापेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया