प्रधानमन्त्रीको टिप्पणी : विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो


१४ चैत, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे ।

‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’ उनले भने ।

Source: Online Khabar

तपाईको प्रतिक्रिया