सोलार र लजिस्टिकमा ३ विदेशी कम्पनी भित्र्याउने

१६ चैत, काठमाडौं । चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र -एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको छ ।

चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ ।

त्यसैगरी चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउने भएको छ । यो कम्पनीसँग पनि लगानी सम्मेलनमा नै समझदारी भएको छ ।

यसैगरी कम्पनीले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ । सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ ।

यस्तै चौधरी ग्रुपले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । यो समझदारीपत्रमा प्रदशे २का मुख्यमन्त्री लालबाबु राउत आफैंले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रहरुमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे भने कम्पनीका प्रनिनिनितधहरुले हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया