अमेरिकाले भारतलाई दिँदै आएको करछुट खारेज गर्ने

फागुन २१, २०७५
अमेरिकाले भारत र टर्कीलाई विभिन्न सामानमा दिँदै आएको कर छुटको व्यवस्था खारेज गर्ने भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई प्रदान गरिएको भन्सार छुटको व्यवस्थाअनुसार भारतले अमेरिकामा अपेक्षित व्यापार गर्न नसकेको र आवश्यकता पुरा गर्न नसकेको भन्दै कर छुट सुबिधा खारेज गर्ने तयारी गरका हुन्। अमेरिकासँग अपेक्षित व्यापार गर्न नसकेको भन्दै टर्कीलाई प्रदान गएिको सुविधा अमेरिकाले खारेज गर्न लागेको बीबीसले जनाएको छ। अमेरिकाले यी दुबै मुलुकले अमेरिकासँग स्वस्थ्य व्यापार गर्न नसकेको ठहर गरेको छ। अमेरिकी कंग्रेसलाई राष्ट्रपति ट्रम्पले लेखेको पत्रमा भारतले व्यापारमा विश्वसनीयता देखाउन नसकेको र बस्तुको उच्च मूल्य कायम गरेको भन्दै हालसम्म भन्सारलगायतमा दिइँदै आएको छुट खारेज गर्ने तयारी भएको उल्लेख गरेका छन्। अमेरिकाले विकासशील मुलुकको व्यापार प्रबद्र्धनका लागि ‘जेनरलाईज्ड सिस्टम अफ पफर्मेन्स’ जीएसपीका माध्यमबाट यस्ता मुलुकहरुलाई विभिन्न वस्तुमा छुट दिँदै आएको थियो। यो कार्यक्रम अमेरिकाले भारत र टर्की दुबै देशसँग बन्द गर्न सक्ने बताइएको छ। ट्रम्पको प्रस्ताव स्वीकार्य भए पनि जारी जीएसपी कार्यक्रम आगामी दुई महिनासम्म भने कायम रहनेछ।
(२१ फाल्गुण २०७५, मंगलवार १२.१८ मा प्रकाशित )

तपाईको प्रतिक्रिया