सरकारले मानव अधिकार आयोगलाई बजेट दिएन :अध्यक्ष शर्मा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आयोगलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्। अध्यक्ष शर्माले सरकारले उचित बजेटको व्यवस्था नगरेकै कारण मानव अधिकार संरक्षणसम्बन्धि कार्यक्रम संचालन गर्न आयोग असमर्थ भएको पनि स्पष्ट पारे। १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलाहरुको मानव अधिकार हनन् हुन नदिन विभिन्न कार्यक्रम संचालन गर्ने सोच आयोगले बनाए पनि त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था नगरेको पनि बताए। अध्यक्ष शर्माले सरकारले उचित बजेटको व्यवस्था गरे मानव अधिकार हनन् हुन नदिने खालका कार्यक्रम सञ्चालन गर्न आयोग तयार रहेको पनि जानकारी दिए। अध्यक्ष शर्माले वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुको मानव अधिकार संरक्षण हुने गरी आयोगले आगामी अक्टोबर महिनामा अन्तराष्ट्रिय स्तरको मानव अधिकारसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको पनि बताए ।

(२७ फाल्गुण २०७५, सोमवार १९.४६ मा प्रकाशित )

तपाईको प्रतिक्रिया