मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

उपचार खर्च सरकारले व्यहोर्ने, पुनर्वासको पहल गर्ने

१८ चैत, जनकपुरधाम । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।
उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

याे पनि पढ्नुहोस्बारा-पर्सामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले अनलाइनखबरसँग भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं । उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’

त्यसैगरी तत्कालका लागि बासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितहरुको पुनर्वासका लागि पहल गर्ने समेत मुख्यमन्त्री राउतले जानकारी दिए । ‘तत्काल बासस्थानका लागि उहाँहरुलाई के गर्न सकिन्छ, त्यो राहत पु¥याउने काम गरिन्छ’

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री राउतले अनलाइनखबरसँग भने, ‘उहाँहरुको बासस्थान निर्माण र पुनर्वासमा पनि प्रदेश सरकारको सक्रिय सहयोग रहने छ ।’

आफूहरु राति नै देखि उद्धारको कार्यमा खटिरहेको र आफू पनि क्याबिनेटको बैठकपछि अस्पताल र घटनास्थलतर्फ जान लागेको मुख्यमन्त्री राउतले अनलाइनखरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया