अन्तरंग पल कसरी साट्ने ? यी हुन सात फाइदा

यौन एक जैविक प्रक्रिया हो । प्राकृतिक आवश्यक्ता हो । यद्यपी हामी यौनको कुरा गर्नसाथ लज्जावती झार झै खुम्चन्छौ । किन ?

किनभने यौनलाई हामीले गलत ढंगले व्याख्या गर्‍यौं । यौनप्रतिको बुझाई गलत भयो । तर, त्यो भन्दा पनि हाम्रो यौन-व्यवहार सही र सन्तुलित भएन । यौन भन्नसाथ क्षणिक आवेग शान्त गर्ने मेलो भनेर बुझ्यौं । जथाभावी यौनजन्य मानसिकता बनायौं र यौन प्यास मेटाउने चक्करमा फस्यौं ।

वास्तवमा नियमपूर्वक गरिने यौन व्यवहारले हामीलाई शारीरिक र मानसिक दुबै रुपमा फाइदा गर्छ । यौन के हो ? यौन व्यवहार कस्ता हुन्छन् ? कसरी चरम सन्तुष्ट प्राप्त हुन्छ ? सदियौंदेखि यसमा खोज अनुसन्धान र अभ्यासहरु हुँदै आएका छन् । अतः हाम्रा पितापूर्खाले पनि यौन व्यवहारबारे विस्तृतमा बताएकै छन् ।

भनिन्छ, दम्पतीबीच नियमित र सक्रिय यौन सम्बन्ध हुनुपर्छ । यसले दाम्पत्य सम्बन्धलाई थप कसिलो र रसिलो बनाउँछ । यौन दाम्पत्य सुखको एउटा कडी हो । यद्यपी हामीकहाँ यौनलाई फरक ढंगले हेर्दै र व्याख्या गर्दै आइएको छ । यसलाई छाडा भनिन्छ । यही कारण दम्पतीले खुलेर यौन सुखभोग गरिरहेका हुँदैनन् । जबकी यौनमा हुने यहि असन्तुष्टि र असमझदारीले दम्पतीबीचको सम्बन्धमा चिसोपना आउने गरेको छ ।

यौन र स्वास्थ्यको सम्बन्ध

आफ्नो रगतमा निखार ल्याउन चाहनुहुन्छ वा मुड ठिक राख्न चाहनुहुन्छ । क्यान्सर वा हृदयघातको खतराबाट बच्न चाहनुहुन्छ । त्यसो हो भने यी सबैको जादुयी औषधी हो, यौन ।

यो कुनै मनगढन्ते भनाई होइन । विभिन्न अध्ययनले यही नतिजा निकालेको छ कि यौन एक औषधी हो, जसले थुप्रै्र किसिमको शारीरिक समस्या हटाइदिन्छ ।

अध्ययनले भन्छ, यौन केवल एक उत्कृष्ट व्यायाम मात्र होइन, यसले तपाईंलाई केही गंभीर रोगबाट समेत बचाउन सक्छ । आखिर कस्ता रोगबाट छुटकारा दिलाउँछ त ?

१. स्वस्थ्य मुटुको लागि उपयोगी व्यायाम

अमेरिकन जनरल अफ कार्डियोलोजीमा प्रकाशित अध्ययनका अनुसार जो व्यक्ति हप्तामा दुई पटक यौन सम्बन्ध राख्छन्, उनलाई स्ट्रोक वा हृदयघातको खतरा कम हुन्छ ।

खासगरी यौन सम्पर्कको क्रममा पुरुष र महिलाको शरीरले अत्याधिक क्यालोरी बर्न गर्छ । अर्थात आधा घण्टा सक्रिय यौन सम्बन्ध राख्दा उनीहरुले आधा घण्टा ट्रेड मिलमा दौडिएको भन्दा बढी क्यालोरी बर्न गर्छ । त्यो पनि फन अर्थात रमाइलोका साथ ।

यो कुरा त केही रिसर्चले पुष्टि गरिसकेको छ कि, यौन एक उत्कृष्ट व्यायाम हो । स्वस्थ्य मुटुको लागि यसले प्रत्यक्ष प्रभाव पुर्‍याइरहेको हुन्छ ।

२. पेनकिलरको काम

क्यालिफोर्नियामा भएको एक अध्ययनबाट के सावित भएको थियो भने, कुनैपनि शारीरिक वा मानसिक पीडाबाट मुक्त रहने गजबको काइदा हो यौन सम्बन्ध ।

शारीरिक वा मानसिक पीडा भइरहेको अवस्थामा दम्पतीले यौन सम्बन्ध राख्न सक्छन् । यतिबेला दुबैले आफ्नो पीडा भुल्छन् । खासगमा सेक्स अर्गाज्म एक पेनकिलर जस्तै हुन्छ । कतिपय शारीरिक पीडा त यसले पूर्णत कम गराइदिन्छ ।

३. उच्च रक्तचाप कम गर्छ

यौन सम्बन्धका क्रममा शरीरले एन्डाफिर्न हर्मोन स्राव गर्छ, जसले मुड राम्रो बनाउने काम गर्छ । स्कटल्यान्डको बायोलोजिकल साइकोलोजीमा छापिएको एक रिपोर्ट अनुसार तनावको कारण बढ्ने उच्च रक्तचाप नियन्त्रण गर्न यौन व्यवहार निकै उपयोगी हुन्छ ।

यसका लागि यौन सम्बन्ध नै राख्नुपर्छ भन्ने पनि छैन । कुनैपनि यौन व्यवहारले तपाईंलाई तनावबाट मुक्त राख्छ । जस्तो कि, हस्तमैथुन ।

४. प्रोस्टेट क्यान्सरको खतराबाट बचाउँछ

यूरोपियन यूरोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार जो पुरुषले महिनामा २१ पटक विर्य स्खलन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुन्छ ।

५. गहिरो निद्रा

अहिले धेरैको समस्या हो, अनिद्रा । राती निद्रा पर्दैन । सुतेपनि गहिरो निद्रा लाग्दैन । अनिद्राकै कारण मान्छेको दैनिकी विथोलिएको छ । उनीहरु मधुमेह, उच्च रक्तचाप जस्ता रोगको जोखिममा परेका छन् ।

नेशनल स्लीप फाउन्डेशनमा प्रकाशित रिपोर्ट अनुसार अर्गाज्मपछि हाम्रो शरीरमा प्रोलैक्टिन हर्मोन स्राव हुन्छ, यसले गर्दा गहिरो निद्रा लाग्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, सक्रिय यौन सम्बन्ध पछि तपाईं मस्त निदाउन सक्नुहुनेछ ।

६. चम्किलो छाला

यौन सम्बन्धको साइनो सौन्दर्यसँग पनि छ । अनुहार चम्किलो र झरिलो बनाउनका लागि स्वस्थ्य खाना र व्यायाम नै आवश्यक हुन्छ । साथसाथै यसमा यौनको पनि उत्तिकै योगदान रहन्छ । यौन सम्पर्कको बेला शरीरमा रक्त प्रवाह बढी हुन्छ, यसले अनुहारमा निखार ल्याउँछ । साथै तनाव हटाउने र मुड ठिक बनाउने काम पनि गर्छ ।

७. ह्याप्पी मुड, बलियो रिलेशन

स्वस्थ्य यौन जीवनको कारण शरीरमा न्यूरोट्रान्समीटर्स रिलिज हुन्छ, जसले तपाईंको मुड ठिक बनाउँछ । केमिकल्स र हार्मोन्सलाई छाडौं, स्वस्थ्य यौनले तपाईको सम्बन्धलाई पनि बलियो बनाउँछ । तपाईंको दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ ।

तपाईको प्रतिक्रिया