स्वास्थ्य मन्त्रालयले हावाहुरी प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी पठाउँदै

१८ चैत, काठमाडौं । हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले थप चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ।

प्रभावित क्षेत्रमा घाइतेहरूलाई रगत अभाव भएकाले रगत केन्द्रबाट व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख चुँडामणि भण्डारीले बताए।

उनले भने, ‘औषधि स्टक छ। थप चाहिने कुरा पनि भएको छ। विश्व स्वास्थ्य संगठनको टिम पनि त्यसतर्फ जाँदैछ।’

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म २७ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा घाइते भएका छन्।

तपाईको प्रतिक्रिया