किन कतिपय युवाहरु आफुभन्दा बढी उमेरकी युवती रुचाउँछन् ?

अभिनेत्री प्रियंका कार्की भन्दा उमेरले कान्छो छन्, आयुशमान देशराज जोशी । उनीहरु विवाह गर्दैछन् । आयुशमानले आफुभन्दा बढी उमेरकी युवती नै किन रोजे ? यसको कारण त उनैलाई थाहा होला ।

यद्यपी यो प्रश्न चाहि किन गरिन्छ भने, अक्सर हाम्रो समाजमा विवाहका लागि केटा भन्दा केटीको उमेर कम हुने गर्छ ।

त्यसो भए श्रीमान्भन्दा श्रीमती जेठी भए के हुन्छ ?

समाजमा खोज्ने हो भने, त्यस्ता थुप्रै जोडी फेला पर्छन् जसको श्रीमती बढी उमेरका हुन्छन् । अहिले त यस किसिमको प्रवृत्ति थप मौलाएको छ । बद्लिदो समयसँगै युवाहरुले आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्ने क्रम सुरु भएको छ ।

परम्परागत हिसाबले हेर्ने हो भने, प्रेममा होस् वा दाम्पत्यमा केटा भन्दा केटी कम उमेरको हुनेगर्छ । यदि त्यसको ठिक विपरित केटा भन्दा केटीको उमेर बढी भए के हुन्छ ? आखिर युवाहरु किन आफुभन्दा बढी उमेरका युवतीसँग डेट गर्छन् ? जोडी बाँध्छन् ?

परिपक्क

उमेरसँगै मानिस परिपक्क हुन्छन् । अतः बढी उमेरका युवतीप्रति आकषिर्त हुने युवाहरुको मनोविज्ञान के हुन्छ भने, उनीहरु आफ्ना प्रेमिका/श्रीमती परिपक्क देख्न चाहन्छन् । परिपक्क युवतीहरु सानोतिनो समस्याबाट भाग्दैनन् । परिवार, समाजलाई नजिकबाट बुझेका हुन्छन् । आफ्नो मर्यादाको ख्याल राख्छन् । जिम्मेवारी बोध गर्छन् । एउटा बलियो पारिवारिक संरचना बनाउनका लागि पनि परिपक्क श्रीमतीको खाँचो हुन्छ ।

अन्तरंग पल

पुरुषलाई यौनका लागि तयार हुन समय लाग्दैन । पुरुषहरु चाडै यौनमा उत्तेजित हुन्छन् र चाडै सिथिल पनि । यद्यपी महिलालाई यौनका लागि तयार हुन समय लाग्छ । साथै उनीहरुमा यौन उत्तेजना लामो समयसम्म रहन्छ ।

मनोविज्ञहरुका अनुसार ४० देखि ५० को उमेरमा आएर महिलाहरु यौनमा अरु बढी सक्रिय हुन्छन् ।

बढी उमेरका युवतीहरुको यौन व्यवहारबाट निकै सन्तुष्ट प्राप्त गर्न सकिन्छ । यही कारण युवाहरु आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्न चाहन्छन् ।

आर्थिक रुपले सक्षम

बढी उमेरका युवतीसँग सम्बन्ध गाँस्ने चाहना राख्नुको अर्को कारण चाहि उनीहरुको आर्थिक सुरक्षा हो । निश्चित उमेरपछि युवतीहरुले आफ्नो पढाई सिध्याउँछन् । कुनै रोजगारी गर्छन् । वा पेशा व्यवसायमा लाग्छन् । यसर्थ उनीहरु नियमित आम्दानी गर्ने भइसकेका हुन्छन् ।

आफ्नो खर्च टार्नका लागि श्रीमान्को मुख ताक्नुपर्ने अवस्था हुँदैन । यसरी आर्थिक रुपमा सुरक्षित भइसकेका हुँदा पनि कतिपय युवाहरु बढी उमेरका युवतीसँग जोडी बाँध्न इच्छुक हुन्छन् ।

युवाको स्वभाव

बढी उमेरकी श्रीमती भएमा उनले आफ्ना श्रीमान्को रेखदेख पनि राम्ररी गर्छन् । अझ भनौं, श्रीमान्का सम्पूर्ण हेरचाह गर्छन् । एउटा अभिभावक जस्तै भएर श्रीमतीले श्रीमानलाई हरेक कुरामा सहयोग गर्छन् ।

अतः कतिपय युवाहरु श्रीमतीबाट यस्तै व्यवहार रुचाउँछन् । उनीहरु श्रीमतीकै नियन्त्रणमा हुन्छन् । साथै पारिवारिक दायित्व पनि श्रीमतीले नै निर्वाह गर्छन् । यसरी घर, परिवारको जिम्मेवारीबाट मुक्त हुनका लागि पनि कतिपयले आफुभन्दा बढी उमेरकी युवतीसँग जोडी बाध्ने गर्छन् ।

तपाईको प्रतिक्रिया