केयुका मेडिकल विद्यार्थीहरुले गरे विद्यार्थी कल्याण परिषद् गठन

२१ चैत,काभ्रे । काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइसेन्जका विद्यार्थीहरुले विद्यार्थी कल्याण परिषद् गठन गरेका छन्। एमबिबिएस, बिडिएस, बिपिटी अध्ययनरत चिकित्साशास्त्रका विद्यार्थीहरुले परिषद् गठन गरेका हुन्।

परिषद्को अध्यक्षमा सुजनप्रसाद कडरिया रहेका छन् भने उपाध्यक्षमा नरेश भट्ट तथा सचिवमा डा सुदीप जयसवाल छनोट भएका छन्।

नेपालको संविधानमा व्यवस्था भएअनुसार काठमाडौं युनिभर्सिटी ऐन २०४८ अनुसार परिषद् गठन गरिएको हो। परिषद्ले काठमाडौं युनिभर्सिटी तथा सम्बन्धन प्राप्त गरेका कलेजका चिकित्साशास्त्रका विद्यार्थीहरुको हकहितमा काम गर्नेछ।

परिषद्का अध्यक्ष कडरियाले कलेजमा विद्यार्थीहरुलाई दमन गर्ने, बोल्न नदिने जस्ता गतिविधि विरुद्ध उत्रनुका साथै मेडिकल कलेजमा शुल्क लगायतका विषयमा आएका विवादबारे बोल्ने बताए।

तपाईको प्रतिक्रिया