धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५:३० बजे दुर्घटना भएको हो ।
बस सडकबाट दुई सय मिटर तल खस्दा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा २० भन्दा बढी घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको स्थिति चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् ।
घाइते कति छन् भन्ने यकिन हुनसकेको छैन ।
रातो पाटी बा्ट
सुरेश आचार्य । २०७६ बैशाख ११, बुधबार