कोरियाबाट ४३ लाख रुपैयाँ बढी रास्कोट अस्पताललाई सहयोग

अहिलेसम्मकै ठुलो रकम रास्कोटलाई

१४ वैशाख, काठमाडौं । रबि लामिछाने फाउन्डेसन द्वारा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताललाई सहयोगार्थ कोरियाबाट ४३ लाख ८४ हजार ३ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरिएको छ । कोरियाबासी परोपकारी, मनकारी तथा राष्ट्रप्रेमी नेपाली सहयोगी मनहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम राष्ट्रप्रेमी लोकप्रिय पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछानेलाई आज शनिबार वैशाख १४ गते न्युज २४ कार्यालयमा उक्त अभियानका अभियन्ताहरु, सहयोगी तथा प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण सम्पन्न गरिएको हो ।

देशकै दुर्गम कालीकोट जिल्लामा निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक डिजिटल अस्पताललाई आर्थिक साहायता दिलाउन कोरियाबाट स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान को पहलमा रास्कोट अस्पताल सहयोग अभियान मार्फत कोरियाबासी राष्ट्रप्रेमी,परोपकारी ,नेपाली सहयोगी मनहरुको साथ, सहयोग सगै सद्भाव र एक्यवद्धतामा ९६४ जना सहयोगीदाता हरुबाट संकलन गरी पठाईएको हो ।

कार्यक्रममा चेक ग्रहण गर्दै राष्ट्रप्रेमी तथा लोकप्रिय पत्रकार रबि लामिछानेले विदेशी भूमीमा रहेर पनि राष्ट्रलाई माया गर्दै आ -आफ्नो दुख पसिनाको कमाई सहयोग गर्नुहुने,बिभिन्न तवरले साथ् सदभाव राख्नुहुने साथै देश -बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई धन्यावाद दिदै छिट्टै अस्पताल निर्माण सम्पन्न गर्ने अठोट लिएका छन् ।

उक्त आर्थिक संकलन अभियानका सयोजक यम श्रेष्ठले कोरियाबाट शुन्य लागत खर्चमा सम्पूर्ण उठेको रकम बैधानिक तवरले सपोर्ट नेपाल फाउन्डेसन मार्फत पठाईएको जनाउदै नेपालकै बिकट कर्णाली बासीको स्वास्थ्यमा मलहम लगाउन सबैको साथ सहयोगले नै सफल भएको र एक नमुना , ऐतिहासिक अभियान सम्पन्न गर्न पाएकोमा सबैमा हार्दिक धन्यवाद दिदै आभार व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया