आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदै, चिट चोरिएको भेटेमा छ महिना कैद र एक लाख जरिवाना हुने

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुदैँछ भने कक्षा ११ को परिक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने कक्षा १२ को वार्षिक परीक्षामा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुदैँछन् भने जेठ २९ गतेबाट सुरु हुने कक्षा ११द को परिक्षामा ५ लाख ८ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षामा कक्षा १२ र ११ मा गरी कुल ९ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परिक्षा वैशाख २९ गते सम्पन्न भए लगत्तेबाट ११ को सुरु हुनेछ भने कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम हुनेछन् ।

गत चैत्रमा सम्पन्न एसईईमा परिक्षार्थीहरुले गरेको चिट चोर्ने र अमर्यादित तरिकाले प्रस्तुत हुने नजिरलाई नजरअन्दाज गर्दै बोर्डले यसपटक अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ । परिक्षालाई मर्यादित तरिकाले सम्पन्न गर्नका लागी देशभर १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया