कोरियाको इन्छन्मा अर्गानिक कृर्षि तालिम लिदै नेपालीहरु (फोटो फिचर)

निकुञ्ज तिवारी, दक्षिण कोरिया । दक्षिण कोरिया रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाहरुले आधुनिक अर्गानिक कृर्षि तालिम लिइरहेका छन् । जुन १८ आइतबारदेखि सुरु तालिम आगामी सेप्टेम्बर १ सम्म हुनेछ ।
इन्छन्को मोइदोस्थित सिल्मीवन कृर्षिफाममा भएको तालिमको दोस्रो भागमा अर्गानिक किटनाशक औषधी कसरी बनाउने र वालीनालीलाई दिने तरिका, वालीनालीमा लाग्ने किराफट्याङ्गा्र र तिनिहरुले ल्याउने विभिन्न भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, विउविझन कसरी सुरक्षित राख्नेलगायतका विषयमा कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिएका थिए ।

कृर्षिविद ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालिनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताउँदै मौसम राम्रो भएका कारण थोरै लगानिमा धेरै उत्पादन गर्न सकिनेमा जोड दिएका थिए ।
खाया इन्टरनेशनलले (khayah International) सउल नगरपालीका( seoul mertopolition) को सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवाहरु सहभागी छन् । उनीहरुलाई अर्गानिक कृर्षिफामका संचालक एवम् कृर्षिविद सिन सुन ख्योले प्रशिक्षण दिइरहेका छन् ।
कृषिविद सिनले सन् २००२ मा अर्गानिक कृर्षिफाम खोलेर कृर्षि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिदै आइरहेका छन् । उनले नेपाल लगायत अन्य विभिन्न देशहरुका युवाहरुलाई पनि प्रशिक्षण दिइरहेका छन् ।
तालिम संचालन हुने सम्बन्धी जानकारी सामाजिक संजालमार्फत दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजन यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवाशी सहयोग केन्द्रका संचालक यज्ञराज सुवेदीको पहलमा तालिम संचालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका हाम्रा उज्यालो सहकर्मी यम श्रेष्ठले जानकारी दिए ।
तालिम लिइरहेका युवाहरु उत्सुक छन् । उनिहरु स्वदेश फर्किएर अर्गानिक कृर्षिमा केहि नयाँ काम गर्ने प्रशिक्षार्थीहरुको उदेश्य छ ।

तस्बिरमा इन्छन्मा अर्गानिक कृर्षि तालिम लिदै नेपालीहरु

 

तपाईको प्रतिक्रिया