मापदण्ड विपरित बाल गृह सञ्चालन, ९ बालबालिकाको उद्धार

१८ असार,भक्तपुर मापदण्ड। मिति २०७६ साल असार १८ गतेका दिन केन्द्रीय बाल कल्याण समिति, समाज कल्याण परिषद, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ भृकुटिमण्डप, चाँगुनारायण नगरपालिकाका प्रतिनिधी र विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली स्थित सौडोल महिला समाज नामक संस्थाबाट ९ जना बालबालिकालाई (४ बालक र ५ बालिका) उद्धार गरिएको छ । उक्त बालबालिकाहरु ४ देखि १४ वर्ष उमेर समुहका रहेका छन् । हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि भनि विभिन्न व्यक्तिहरु मार्फत सो संस्थामा पु¥याएको पाइयो साथै ती बालबालिकालाई आवासीय बाल गृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ को पालना नगरी बाल संरक्षणको दिष्टिकोणले अत्यन्त जोखिमपूर्ण अवस्थामा राखेकोे, उचित खानपान तथा आवासको प्रबन्ध नगरी सञ्चालन गरेको पाइएकोले बालबालिकाको उद्धार गरि हाल अल्पकालिन संरक्षणको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया