विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।

मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ गरी पाँच जना खेलाडीहरुलाई टिमबाट बाहिर राखेका छन् । विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।

नेपालले छनोट अन्तर्गतको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेतसँग होम गेम खेल्ने भएको छ । नेपालमा रहेको एकमात्र अन्तरराष्ट्रिय दशरथ रंगशालाको पुनर्निर्माण नसकिने होम र अवे दुबै खेल कुवेतमा खेल्ने भएको हो । नेपालले अवे खेल नोभेम्बर १९ कुवेतकै घरेलु मैदानमा खेल्नेछ ।

नेपाली प्रारम्भिक टोली

गोलरक्षक: किरण कुमार लिम्बु, एलन न्यौपाने, बिशाल श्रेष्ठ, विकेश कुथु

डिफेन्डर: विराज महर्जन, देवेन्द्र तामाङ, रवि सिलवाल, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजबंशी, बिमल पाण्डे, अजित भण्डारी

मिडफिल्डर: रवि पासवान, तेज तामाङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, हेमन गुरुङ, सुभाष गुरुङ, सुनिल बल

स्ट्राइकर: नवयुग श्रेष्ठ, अभिषेक रिजाल, बिमल राना, भरत खवास, बिमल घर्ति मगर, अन्जन विष्ट

बाह्रखरी

तपाईको प्रतिक्रिया