प्रधानमन्त्रीको सिंगापुर बसाइ एक दिन लम्बियो, स्वास्थ्य रिपोर्ट सन्तोषजनक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिएको हो । उनी भोलि सोमबार अपरान्ह थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।

सिंगापुरमा रहेका प्रमुख सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए । कतिपयले ओलीको मिर्गौला पुनःप्रत्यारोपण गरिएको भनेर चलाएको हल्लालाई रिमालले केटोकटी कुराको संज्ञा दिए ।

अनलाइनखबर

तपाईको प्रतिक्रिया