५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् ।

सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

लामिछानेलाई ५ लाख धरौटी माग्नुको अर्थ

पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानले अभियोग स्वीकार गरेका छैनन् । उनी निर्दोष रहेको भन्दै मुद्दा चलेको जिल्ला चितवनमा मात्र होइन, काठमाडौं र देशका विभिन्न स्थानमा प्रदर्शन भयो । कलाकारहरु मदनकृष्ण श्रेेष्ठ, हरिवंश अचार्यदेखि दीपराज गिरीसम्म चितवन पुगेर रविलाई भेटेनन् मात्र, उनी निर्दोष भएको दाबी गरे ।

उनका वकिल र समर्थकको दाबी थियो, यो घटनामा रविको कुनै सलग्नता छैन, साधारण तारेखमा छोड्नुपर्छ ।

तर सोमबार साँझ जिल्ला न्यायाधीश रावलको एकल इजलासले आदेश सुनायो, रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई तीन लाख धरौटीमा छाड्नू ।

तपाईको प्रतिक्रिया