प्रधानमन्त्रीलाई रावलको प्रश्न : वडाध्यक्षले मुम्बईबाट भिडियो कन्‍फ्रेन्‍स गर्छु भने के गर्ने?

 

 

धनगढी।   सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपामा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले कानुन उल्‍लंघन गरेर मन्त्रिपरिषद्को बैठक आह्वान गरेको आरोप लगाएका छन्। नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमा रावलले मूलकबाहिरबाट प्रधानान्त्रीले गरेको काम संविधानविपरीत भएको बताएका हुन्। ‘हाम्रा नेपालको संविधान र नेपालको राजैतिक प्रणालीले र संसारका सबै राजैतिक प्रणालीले पनि अरू कसैको भूभागबाट आफ्नो राज्य र सरकार सञ्चालनको कुरा परिकल्पना पनि गरेको छैन’ नेता रावलले भने, ‘बाहिरबाट मन्त्रिपरिषद् बैठक चलाउने कुरा संविधानको दृष्टिकोणबाट यसको औचित्य साबित गर्ने ठाउँ म देख्दिनँ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट चलाएको मन्त्रिपरिषद् बैठक सुरक्षाका दृष्टिकोषणले पनि उपयुक्त नभएको उनले आरोप लगाए। उनले भने ‘मन्त्रिपरिषद्को निर्णय मात्रै होइन, राज्य प्रणालीका कुनै पनि निर्णयहरूको गोपनीयता सर्वोपरि हुन्छ। विदेशबाट मन्त्रिपरिषद्को बैठक आह्वान गर्दा त्यसको गोपनीयता कहाँ सुरक्षित हुन्छ? ’ प्रधानमन्त्रीले गरेको कामबाट सुरक्षा कानुन र सार्वभौसत्ता गम्भीर असर परेको उनले टिप्पणी गरेका हुन्। नेता रावलले उप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक जिम्मेवारी दिएर प्रधानन्त्री आफैले मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रति पनि असन्तुष्टि व्यक्त गरे। ‘राष्ट्रपतिबाट कार्यवाहक प्रधानमन्त्रीको बिभिबद जिम्मेवारी दिइएको छ। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीले पाउनुभएको छ।’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकमा अध्यक्षता कार्यवाहक प्रधानमन्त्रीले गर्ने हो कि विदेशमा बसेको प्रधानमन्त्रीले गर्ने हो? यो आफैमा विरोधाभास छ।’ यस्ता कुराबाट जोगिनुपर्ने उनको भनाइ थियो। ‘यस्ता कुरालाई स्थापित गर्दै गए समस्या हुन्छ’ उनले भने ‘कुनै नरपालकाको प्रमुखले दिल्ली गएको बेला दिल्लीबाट भिडियो कन्फ्रेन्सबाट नगरपालिकाको बैठक बोलायो भने के हुने ? गाउँपालिको अध्यक्षले बोलायो भने के गर्ने ? वडा अध्यक्षले मुम्बैबाट भिडियो कम्फ्रेन्स गर्छु भन्यो भने के गर्ने। यस्ता कुराले लहरो तान्दा पहरो गर्जिन्छ।’ बाबुरामलाई कटाक्ष केही दिनदेखि समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रावल बिच सामाजिक सञ्जालमा घोचपेच चलिरहेको छ। टीकापुर घटनाको चार वर्षपछि भदौँ ७ गते सामाजिक सद्भावका लागि आयोजना गरिएको टीकापुर राष्ट्रिय सम्मेलनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबारे रावलले आपत्ति जनाएका थिए। रावलले ट्विट गर्दै भट्टराईले सभामा उत्तेजना पूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार अभिव्यक्ति दिएको उल्लेख गरेका छन्। उनले कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुराम जी जस्ता सन्तुष्ट होलान् भनेका छन्। जवाफमा भट्टराईले ट्विट गर्दै झापा आन्दोलन, थारूहरूको जमिन खोसेर उनीहरूलाई नै कमैया,कमलरी बनाएको र थारू भाषामा जाँच दिनुपर्ने थारू÷ मैथिली÷नेवारी भाषामा लोकसेवा जाँच दिनु पर्ने बताएका थिए। उनले रावललाई कम्युनिज्म सिकाएका थिए। रावल र भट्टराईको कटाक्ष यतिमै सकिएको छैन। बुधवार धनगढीमा रावलले फेरी भट्टराईलाई माक्सबाद पोलेर, त्यसको खरानी घसेर, जातीय राजनीतिमा लागेको बताए। ‘मलाई माक्सबादको कुरा गर्नुभएको थियो उहाँले ’ रावलले भने, ‘माक्सबाद त उहाँले आफै पोलेर खानुभएको छ। माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राजनीतिमा लाग्नु भएको छ। यो कुनै जिम्मेवार व्यक्तिले गर्ने काम होइन भन्ने कुरा दृढतापूर्वक भन्न चाहन्छु। भट्टराईले टीकापुरमा ४ वर्ष पहिलोको जस्तै घटना निम्त्याउन खोजेको रावलले आरोप लगाए। ‘राज्यको निर्णय गर्ने निकायमा नपुर्‍याउने , उनीहरूलाई कुनै पद नदिने अनि आमसभामा तिमीहरू लड, भिड भन्दै मिलिरहेको समुदाय र सद्भावलाई बिगारेर ४ वर्ष पहिलेको जस्तै घटना निम्त्याउन खोज्ने’ रावलले भट्टराई प्रति लक्षित गर्दै आक्रास व्यक्त गरे। रावलले पत्रकार सम्मेलनमा भट्टराईलाई सिद्धान्त हीन गैर जिम्मेवारी काम भन्दै विखण्डनकारीको समेत संज्ञा दिएका थिए।, ‘घर–घरबाट आन्दोलनमा उठ भन्दै एउटा समुदायलाई अर्का समुदायप्रति आक्रामक बनाउने , समाजका अस्थितरता र द्वन्द्व सृजना गर्न काम भइरहेको छ। मैले यो बाबुराम भट्टराईको प्रसङ्गमा भनेको हु’ उनले भने, उहाँले संविधान निर्माणका क्रममा पनि जतिय राज्य बनाउन खोज्नु भएको थियो। नेपालमा १२४ राज्य बन्छन्। ’ छिट्टै पार्टी विस्तार गरिने रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन्। उनले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए। केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराए। गाउँ÷नगर कमिटी एकीकरणपश्चात् पार्टी सुदृढ हुने उनको भनाइ थियो। गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए।

थहा खबर वाट

तपाईको प्रतिक्रिया