बनेपामा तेस्रो बनेपा महोत्सव सुरु

  • तेस्रो बनेपा महोत्सव सोमबार उदघाटन गर्दै प्रदेश नम्बर–३ का प्रदेश प्रमुख अनुराधा कोइराला

काभ्रे । काभ्रेको बनेपामा तेस्रो बनेपा महोत्सव–२०७६ सुरु भएको छ ।

महोत्सब ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ दशैलाई लक्षित गरी आयोजना गरिएको हो ।

मेलामा कृषि, लत्ताकपडा, घरेलु सामग्रीलगायतका १२४ भन्दा बढी व्यापारिक स्टल राखिएको छ ।

महोत्सबमा मनोरन्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

तेस्रो बनेपा महोत्सव सुरु यही असोज १६ गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया