राजमित्र स्मृति प्रज्ञा पुरस्कार कवि दीपा राई पुनलाई

रामगोपाल आशुतोष

काठमाडौ । कवि तथा गीतकार दीपा राई पुन राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा सम्मानित हुने बताइएको छ ।

रेडियो नेपाललाई विराटनगर जुट मिलबाट सिहदरवारभित्र स्थापना गर्न तारणीप्रसाद कोरालासँग सहकार्य गरेका प्रजातन्त्र सेनानी, रेडियो नेपालका प्रथम समाचार वाचक राजेन्द्रप्रसाद नेपालको स्मृतिमा स्थापना गरिएको सो सम्मान नेपाली वाङ्ममयको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत दीपा राई पुन पुनलाई सो सम्मान अर्पण गर्न लागिएको हो ! यसअघि उनले भानुभक्त स्वर्ण पदक (नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३/१४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ ( हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौँ रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मानले विभूषित दीपाका तीन कविताकृति तिम्रो सपनाको म, स्पन्दनका रागहरू र छुटेको वाग्दाता र एक गीति एल्बम – प्रतिरूप प्रकाशित छन् ।

सेप्टेम्बको २८ तारिख २०१९, शनिवारका दिन मोती जयन्ती मनाउँदै भव्य साहित्यिक समारोहका दिन सो पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको छ । अनेसास बोष्टन च्याप्टर र राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको यो संयुक्त आयोजनामा सम्पन्न हुने सोही कार्यक्रममा यस वर्ष सारङ्गीवादक श्याम नेपालीलाई राजमित्र विशेष सम्मान गरिने राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले “शैव” ले बताए ।

तपाईको प्रतिक्रिया