भिटेनलाई अभद्र व्यबहारमा कारवाही गरिने


‘भिटेन’ भनिने समिर घिसिङ लाई प्रहरीले अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने भएको छ।
बिहिबार बिहान ‘जरूरी पक्राउ पूर्जी’ अन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

अपराध र अपराधी नियन्त्रणका क्रममा ‘जरूरी पूर्जी’ प्रयोग गरिन्छ ।

घिसिङ पक्राउ गर्न प्रहरीले यहि पूर्जी दिएको छ । यो पूजीमा पक्राउ गर्न अदालतकोआदेश लिईरहनु पर्दैन ।



‘चुरोट’ नामको गीतबाट चर्चामा आएको भिटेन पछिल्लो समय हामी यस्तै त हो नि ब्रो गीतबाट चर्चामा आएका थिए ।
अस्लिल शब्दका कारण उनका गीतहरु चर्चामा रहने गरेका छन । उनका गीतहरु युुटयुबमा चर्चित छन ।
उनका गीतहरुमा प्रयोग गरिएका अस्लिल शब्दहरुले सामासकि बिकृतिलाई सघाएको प्रहरीले बताएको छ ।

Source: Ajakoartha