नेकमा समुदाय प्रहरी समिति गठन

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विहीबार समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।
नेक बिहीबार भएको बृहत भेलाले गठन गरिएको समितिको सदस्य सचिवमा कलेज रहेको दुवाकोटस्थित महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरका असई निमबहादुर घर्तीमगर रहेका छन् । समितिका सदस्यहरुमा एक शिक्षक, दुई अभिभावक, चार विद्यार्थी (दुई छात्र र दुई छात्रा गरी) रहेका छन् । समितिमा शिक्षककोतर्फबाट शंकल्प पोखरेल, अभिभाबककोहरुकोतर्फबाट धिरजकुमार दास र सकुन्तला प्रधान रहेका छन् । समितिमा चार जना विद्यार्थी रहेका छन् ।
समिति गठन अघि महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले समिति गठनको उद्देश्यबारे स्पष्ट पारेका थिए । समुदाय प्रहरी मिलेर शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समिति गठन गरिएको उनले बताए ।
नेपाल प्रहरीले हर प्रहर, गाउँं र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाइरहेको जानकारी उनले दिए । नेपाल प्रहरीले नेपाल प्रहरी, स्थानीय तह, सुमदाय, सामाजिक संस्था, विद्यालय, मिडियासँंग यस क्रममा सहकार्य गर्दै आएको उनले बताए ।
कार्यक्रममा नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, कलेजका एकेडेमिक कोअर्डिनेटर प्रा मोहनध्वज केसीलगायतले बोलेका थिए । कार्यक्रममा कलेजका तीन सय विद्यार्थी, एक सय ५० शिक्षक कर्मचारी गरी झण्डै चार सय ५० जना जतिको भव्य सहभागिता रहेको थियो । कार्यक्रममा महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरबाट पनि प्रहरी सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया