लोकतन्त्रमा बंशको शासन सैह्य हुदैन: कांग्रेस सहमहामन्त्री डा. महत्त

पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महत्तले लोकतन्त्रमा वंशको साशन सैह्य नहुने बताएका छन। मंगलवार पोखरामा आयोजित विभिन्न चुनावी सभालाई सम्वोधन गर्दै महतले पोखरामा खेमराज पौडेललाई जिताएर बंशको राजनीति गर्नेहरुलाई जबाफ दिनु पर्नेमा जोड दिए। सहमहामन्त्री महतले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको केपि ओलि नेतृत्वको सरकार काण्डै काण्डले बदनाम भएको वताएका छन् ।
जनताको दुइ तिहाइ मत प्राप्त गरेको सरकारले जनताका काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको महतले वताए । देशमा हत्या, हिंसा, लुटपाट मच्चाउन उद्त सरकारले राष्ट्रियतालाई पनि धरापमा पारेको टिप्पणी महतको छ।
सरकारका काम एक पछि अर्को गर्दै अधिनायकवाद उन्मूख भएको उनले वताए । यो सरकारलाई सही वाटोमा ल्याउन यो उपनिर्वाचनमा कास्की सहित देशका सवै ठाउँमा कांग्रेसलाई जिताउनु पर्ने सहमहामन्त्री महतले जिकिर गरे ।
यो सरकार लोकतन्त्र प्रति नै अनुदार रहेकोले यसले जनताको भावनाको कदर गर्न नसक्ने उनको टिप्पणी छ । वर्तमान सरकार नेपालीको नजरमा मात्र नभएर अन्तराष्ट्रिय मामलामा समेत चुकेको कांग्रेस सहमहामन्त्री महतको निष्कर्ष छ। उनले देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत ओली सरकार निदाएर वसेको आरोप लगाए । नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्धारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्ता सक्रीय हुन निर्देशन समेत दिए। वर्तमान सरकार जनतावाट वहिस्कृत भैसकेको अवस्थामा निर्वाचनमा कव्जाको रणनीति अबलम्वन गर्ने खतरा रहेको औंल्याउँदै उनले वुथ कमाण्डरहरु सचेत रहन आग्रह गरे। उनले दवाव, प्रभाव र प्रलोभनमा नपरी आफ्नो दायित्व निर्वाह गर्न वुथ कमाण्डरहरुलाई सुझाव समेत दिए। कांग्रेस सहमहामन्त्री डा महतले कास्कीका जनताले कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको प्रष्ट पारे। कांग्रेस सहमहामन्त्री महतले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया