काठमाडौं । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नविनतम निर्माण सामाग्री सम्वन्धी विचार गोष्ठी गरिएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ अगाडि वढिरहेको कम्पनी गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले नविनतम निर्माण सामाग्री सम्वन्धि प्रबचन दिए । झण्डै ५० जना सिभिल इन्जिनियरिंगका विद्यार्थी र प्राध्यापकहरुवीच कार्यक्रम सुरु भएको हो ।
गोर्खा इको प्यानल नेपालकै ठूलो निर्माणसामाग्री उत्पादनमध्येको एक कम्पनी हो । यसल इको प्यानल (भित्री तथा वाहिरी पार्टेशन वालका रुपमा प्रयोग हुने निर्माण सामाग्री), प्रिकाष्ट (कारखानामा पहिला नै तयार पारी ढलानको सटामा राख्ने स्ल्याब), विण्डोर (काठको विकल्पका रुपमा राख्ने आल्मोनियमका झ्यालढोका), बाटोका पेटीमा विछ्याउने पानी सोस्ने व्लक, चाइनिज इटालगायतका निर्माण सामाग्री उत्पादन गर्दै आएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विचार गोष्ठी
तपाईको प्रतिक्रिया
सुरेश आचार्य । २०७६ मंसिर २१, शनिबार