भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उहाँले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गर्नु भएको छ ।
नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष(२०२० का विषयमा छलफल आयोजना गरेको थियो । त्यसमा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए । तर, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गर्नुभयो ।
व्यवसायीसँग आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखेर अभियानमा जुट्न पनि मन्त्री भट्टराईले आग्रह गर्नु भएको छ । त्यसको अनुगमन मन्त्रालयबाट हुने समेत उहाँको भनाइ थियो । नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।
भ्रमण वर्ष २०२० को उद्घाटनका दिन दीपावली गर्न पर्यटनमन्त्रीको आग्रह
तपाईको प्रतिक्रिया
सुरेश आचार्य । २०७६ मंसिर २५, बुधबार