धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।

घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ पनि थिए ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

Source:Onlinekhabar

तपाईको प्रतिक्रिया