‘सडक २’को ‘तुम से हि’ गीतमा डिसलाइक धेरै

बलिउडमा गर्मिएको नेपोटिज्मको बहसले धेरै कलाकारको करिअर नै धरापमा पारिदिएको छ । यसको सबैभन्दा ठूलो मारमा नायिका आलिया भट्ट र उनको परिवार देखिएको छ । मुकेश भट्टको निर्माण तथा महेश भट्टको निर्देशनमा बनेको चलचित्र ‘सडक २’माथि दर्शकको आक्रोश पोखिएको छ ।

यो चलचित्रको ट्रेलरमा १ करोड भन्दा बढी डिसलाइक आएको छ । अब, यसको निर्माणपक्षले चलचित्रको गीत सार्वजनिक गरेको छ । यो गीतमा पनि डिसलाइक बढी देखिएको छ ।

‘तुम से हि’ बोलको गीतमा लइकन गर्नेको संख्या ८४ हजार पुग्दा डिसलाइक गर्नेको संख्या ३ लाख ३० हजार बढी देखिएको छ ।

अधिकांश दर्शकले प्रतिक्रिया दिने क्रममा सुशान्तलाई साथ दिउ भनेर उल्लेख गरेका छन् । यसको अर्थ, यो गीतप्रति भन्दा पनि आलिया र यसको मेकरप्रतिको आक्रोश हो । गीतमा चलचित्रका मुख्य नायक आदित्य रोय कपुर र नायिका आलिया भट्टलाई फिचरिङ गरिएको छ ।

अंकित तिवारीको संगीतमा तयार भएको गीतमा अंकित र लिना बोसले स्वर भरेका छन् । यो चलचित्र अगष्ट २८ मा डिजिटल माध्यमबाट रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया