मुगुमा एक महिलालाई कोरोना संक्रमण


मुगु । मुगुमा एक महिलालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–८ आम गाउँकी वर्ष २६ कि एक महिलामा कोरोना संक्रमण पृष्टी भएको छ

रातापानी प्राथमिक स्वास्थ्य केन्द्र मुगुका अनुसार ४१ जनाको पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाइएकोमा एक जना महिलामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।



रातापानि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख किशोर खड्काले कोरोना पोेजेटिभ महिलालाई रातापानी आईसालेसन केन्द्रमा राखिएको बताए । उनका अनुसार ती महिलाको अवस्था सामान्य छ ।