कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ८७ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप ६ जनालाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा दैलेख अस्पताल–दैलेख र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला–रुकुम (पश्चिम)मा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पृष्टी भएको हो ।

कोरोना भाईरस संक्रमण हुनेहरुमा दैलेखका ५ जना र रुकुमपश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या र्२ हजार ८७ पुगेको छ ।

कर्णालीमा पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमध्ये थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कर्णालीमा हालसम्म ४८ हजार ६ सय ३१ जनामाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म कर्णालीमा कोरोना र्भाइरस संक्रमणबाट एक हजार नौँ सय ३२ जना निको भइ घर फर्केका छन् । संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ ।

तपाईको प्रतिक्रिया