१० महिने बालकसहित कर्णालीमा ४३ जना कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सल्यानका १७ जना, सुर्खेतका १० जना, जुम्लाका नौँ जना, दैलेखका चार जना, बाँके, डोल्पा र कास्कीका एक÷एक जना रहेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार एकसय ३० जना पुगेको छ ।

प्रदेश अस्पताल÷पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ का दुई जना वीरेन्द्रनगर नगरपालिका वडा नं ४ का एक जना र वडा नं. ११ का पाँच जना छन् । त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. १ र २ मा १० महिने बालकसहित दुइ÷दुइ जना, वडा नं.३ का तीन, वडा न. ४ नौँ र वडा नं. ५ का एक जना छन् ।

त्यस्तै दैलेखेको दुल्लु नगरपालिका वडा नं. ६, डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ५ र कास्कीको मादी गाउँपालिका वडा नं. ३ का एक÷एक जना छन् । दैलेख अस्पतालमा पीसीआर परीक्षण गर्दा दैलेखको चामुण्डा विन्द्रासैनी गाउँपालिका वडा नं. ३ का दुई जना र वडा नं. ७ का एक जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चन्दननाथ नगरपालिका वडा नंं १, सिंजा गाउँपालिका वडा नं. ५, हिमा गाउँपालिका वडा नं. १, ३ र ५ का एक÷एक जना, वडा नं. ४ र ७ का दुइ÷दुइ जना र बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ का एक जनामा संक्रमण पुष्टी भएको हो ।

तपाईको प्रतिक्रिया