अस्वच्छ व्यापारीक प्रतिस्पर्धाले जुम्ली काँचो स्याउ बजारमा

फाइल तस्विर

जुम्ला । यहाँ उत्पादन हुने अर्गानिक स्याउ परिपक्व नहुँदै टिप्न थालिएको छ । अस्वच्छ व्यापारीक प्रतिस्पर्धाका कारण व्यापारीले कृषकलाई अपरिपक्क स्याउ टिप्न लगाएका हुन् । कर्णाली राजमार्गसँंग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लंघन गर्दै काँचो स्याउ टिपेका छन् । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाइने निर्णय गरे पनि लुकिछिपी किसान र व्यापारी मिलेर काँचो स्याउ टिपेर बिक्रि गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन, “स्याउ पूर्णरूपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ भने, ६५ देखि ५५ एमएमसम्मको दाना हुनुपर्छ, अनिमात्र बिक्रीका लागि बजारमा लिन योग्य मानिन्छ ।” तर किसान र व्यापारीले पछि मूल्य कम पाउने र सुरुमै पठाउँदा मूल्य बढी पाउने आशामा जुम्ली स्याउको पहिचान नै खतरामा पर्ने गरी धमाधम स्याउ निर्यात गरिरहेको उल्लेख गरे । देवकोटाका अनुसार दुई स्थानीय तहबाट करिब ६० देखि ७० टनसम्म नपाकेको स्याउ बजारमा पुगिसकेको छ ।

आठै स्थानीय तहका कृषि शाखाले भदौको १० गतेभन्दा अगाडि सिफारिस नदिने र दोस्रो साता १५ गतेपछि मात्र स्याउ टिप्ने सूचना गरिएको थियो । तर तातोपानी र तिला गाउँपालिकाका वडाध्यक्षहरूले मनपरि रूपमा ढुवानीका लागि सिफारिस दिँदा काचो स्याउ निर्यात रोक्न नसकिएको हो । काँचो स्याउको निर्यात रोक्नका लागि स्थानीय तहका कृषि शाखाका कर्मचारी नखटेको देखिएको छ ।

यसो गर्दा जुम्ली स्याउको गुणस्तरियता, अर्गानिक पहिचान माथि प्रश्नचिन्ह खडा हुने देखिएको छ । स्थानीय तहले स्याउको महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कृषि विज्ञ बताउँछन् । थोरै मूल्य किसानले बढी पाए पनि नपाक्दै स्याउ बजारमा लिँदा जुम्ली स्याउको बजारमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन् ।

जुम्लामा यस वर्ष ५० प्रतिशतले अर्गानिक स्याउ उत्पादनमा गिरावट आउने कृषि विज्ञहरूले अनुमान गरेका छन् । गत वर्षको तुलनामा ५० प्रतिशत स्याउ उत्पादन घट्ने अनुमान गरिएको हो । स्याउ उत्पादनबाट परिवार चलाएका तथा स्याउमै निर्भर किसानको भने यस वर्ष ढाड सेकिने अवस्था छ ।

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन, “गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको थियो भने यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने देखिन्छ । करिब साढे ५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ ।” एकातर्फ स्याउ उत्पादन दोब्बरले घटेको छ भने नपाक्दै स्याउ बजारमा लिएपछि पहिचानै खतरा हुने अवस्था आएको छ ।

वरिष्ठ स्याउ किसान रामसिंह रावल भन्छन, “यस वर्ष असिना पानी, खडेरी र कालो तुसारोका कारणले स्याउ उत्पादन ५० प्रतिशतले घट्यो । गत वर्ष मात्रै १५(२० लाखको कारोबार गरेका थिए, यस वर्ष ५(६ लाख पु(याउन पनि हम्यहम्य हुने देखियो ।” सलह किराले नत अन्नबाली नै राम्रो छ, कालो तुसारोले स्याउ सखाप भइसक्यो किसानलाई राहतको व्यवस्था गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको सरकारी तथ्यांक छ । वर्षमा प्रत्यक घरमा स्याउ बिक्रीबाट मात्रै १ लाखदेखि १५(२० लाख कमाउँछन् । कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार तीन आर्थिक वर्षकै गणना गर्दा यस वर्ष जुम्ली स्याउ किसान ठूलै समस्यमा पर्ने देखिएका छन् भने जिल्लाको आर्थिक आम्दानी पनि घट्ने भएको छ ।

आर्थिक वर्ष ०७४(७५ मा १६ करोड बराबरको स्याउ निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७५(७६ मा १७ करोड स्याउबाट जुम्ला भित्रिएको थियो भने, आर्थिक वर्ष ०७६(७७ मा दुई आर्थिक वर्षकै दोब्बरले ३४ करोडको स्याउ निर्यात भएको थियो । िरपाेर्ट – सागर परियारकाे सहयाेगमा ।

तपाईको प्रतिक्रिया