स्वास्थ्य मन्त्रालयले खारेज गर्‍यो कोभिड अस्पतालहरूको तह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ अस्पतालहरूको तह खारेज गरेको छ। आइतबार स्वास्थ्य मन्त्रीसहित आईसिएसका पदाधिकारीसहित बसेको बैठकले यसअघि कोभिड अस्पतालहरुलाई लेभल एक, दुई, तीनमा गरेको वर्गीकरण खारेज गरेको हो। अब कोभिड अस्पतालमा सूचीकृत रहेका अस्पताललाई ‘कोभिड अस्पताल’ मात्रै नामकरण गरिनेछ ।

यसका साथै क्लिनिकल जजमेन्ट र सुविधाको उपलब्धताका आधारमा उपचार र रिफर गर्ने व्यवस्था लागू गरिनेछ। स्वास्थ्य मन्त्रालयको कोरोना रिपोर्ट स् ल्याब स्थापनादेखि ओम्‍नी प्रकरणसम्म अब कोभिड अस्पतालका रुपमा तोकिएका अस्पतालहरुमा पनि कोभिड र नन कोभिड सेवा पनि छुट्टाछुट्टै रुपमा व्यवस्थापन गरिनेछ।

यो व्यवस्थाका लागि मन्त्रालय अस्पतालहरुलाई पत्राचार समेत गरिसकेको छ। यसअघि सरकारले कोरोना संक्रमितको उपचार गर्न लेभल एकमा २३ वटा अस्पताल, लेभल २ मा १८ वटा अस्पताल र लेभल ३ मा ७ वटा अस्पताललाई राखेको थियो।

कोरोना संक्रमितको उपचारका लागि देशभर २८ वटा अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठमा दुई हजारसम्म संक्रमितको उपचारका लागि भनेर उपत्यका र उपत्यका बाहिरका विभिन्‍न स्थानका अस्पतालहरूको पूर्वाधारका आधारमा हव अस्पतालका रुपमा तयार पारेको थियो।

मन्त्रालयले कोरोना भाइरसका संक्रमितको उपचारको लागि लेभल(१, लेभल(२ र लेभल(३ गरी देशभर २८ वटा अस्पताल छुट्याएको थियो। विरामीको लक्षण र अवस्था हेरेर कोरोना भाइरस संक्रमित तोकिएका लेभलको अस्पतालमा उपचार निर्णय गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले बनाएको ९कोभिड(१९० महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्यसेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ अनुसार अस्पतालको सेवा सुविधाको आधारमा अस्पतालको स्तरअनुसारको लेभल विभाजन गरिएको थियो।

तपाईको प्रतिक्रिया