बराहतालमा महिला स्वयंसेविका आकस्मिक कोष प्रभावकारी बन्दै

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा महिला स्वयंसेविका आकस्मिक कोष स्थापना भएपछि यहाँका स्थानीलाई राहत महसुस भएको छ ।

आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट नागकिलाई बञ्चित हुनबाट जोगाउन महिलासँग उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत स्थापना गरिएको उक्त कोष प्रभावकारी बन्दै गएको हो ।

ग्त मंसिर महिनाको दोस्रो साता गाउँपालिकाको वडा नम्बर ७ नयाँ गाउँकी एक महिला सुत्केरी भइन् । उनी गाउँमै सुत्केरी भएपनि असहज परिस्थिति बनेपछि थप उपचारको लागि पोखरीकाँडा स्वास्थ्य चौकी पु¥याउने पर्ने बाध्यता भयो ।

‘स्वास्थय चौकी टाढा भएपछि आर्थिक अभावकै कारण उनी समयमा स्वास्थय चौकी पुग्न सकिनन्’ एक स्थानीयले भने, उनलाई स्वास्थय चौकी पु¥याउन चाहिने रकम गाउँपालिकाको महिला स्वयंसेविका आकस्मिक कोषबाट दुई हजार रुपैयाँ पाइयो । त्यही पैसाबाट हामीले स्वास्थ्य चौकी पु¥यायौं ।’ तर उनले जन्माएको बच्चाको बाटोमै मृत्यु भएको खवर आजको काँक्रेविहार दैनिकले छापको छ ।

तपाईको प्रतिक्रिया