पाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टाइन बनाइयो, काम प्रभावित

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्दलाई क्वारेन्टाइन बनाउँदा कार्यालयको काम प्रभावित भएको छ ।

‘एउटा भवनलाई क्वारेन्टाइन बनाइएको छ,’ केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘घरबाटै काम गर्दै छौँ । कतिपय काम कार्यालयबाटै गर्नुपर्ने हुन्छ ।  घरबाट गर्दा केही प्रभावित त हुन्छ नै । महामारीमा सरकारले गरेको निर्णय हो ।’

केन्द्रको क्वारेन्टाइनमा प्रहरीलाई राखिएको छ । ‘क्वारेन्टाइन बनाइएको भवनमा प्रहरीलाई राखिएको छ । उहाँहरू कहिलेसम्म बस्ने हो थाहा छैन । आवश्यक परेमा हामीलाई अर्को भवन प्रयोग गर्न भनिएको छ,’ निर्देशक भट्टराईले भने ।

कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको केन्द्रलाई क्वारेन्टाइन बनाउँदा काम प्रभावित भएको छ ।  ‘पाठ्यक्रमको विषयमा शिक्षकलाई तालिम दिनुपर्ने हो । कोरोनाका कारण तालिम पनि रोकिएको छ । माथिल्लो कक्षामा समस्या हुँदैन । तल्लो कक्षामा गाह्रो हो । १ कक्षाको लागि मास्टर ट्रेनर तयार गरेका छौँ । ११ का शिक्षकलाई भर्चुअलबाटै नयाँ पाठ्यक्रमबारे जानकारी गराउँछौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया