पढाइ नभइ शैक्षिक सत्र सकिँदै

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत्र पहिला सातादेखि पठनपान रोकिएको छ । शैक्षिक संस्था बन्दहुँदा लाखौं विद्यार्थीको पढाइ प्रभावित बनेको हो । कोरोनाको प्रभाव सबैभन्दा बढी हिमाली जिल्लाका विद्यार्थीहरुमा परेको छ ।

हिमाली जिल्लाहरुमा शैक्षिक सत्र सकिन अब दुई महिना मात्र बाँकी छ । यी जिल्लामा फागुन १ गतेदेखि पढाई शुरु भएर मंसिरमा वार्षिक परीक्षा गरिन्थ्यो । तर यो पटक शैक्षिक सत्र सकिनै लाग्दासमेत विद्यार्थीले पढ्न पाएका छैनन् ।

कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा यो शैक्षिक सत्रको असोज र कार्तिक महिना मात्र बाँकी छ । त्यसमा पनि दशैं, तिहार छठ लगायतका पर्वहरुको बिदासमेत छ । १४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कम्तीमा भदौभरि विद्यार्थी भर्ना तथा पठनपाठन गर्न नपाउने निर्णय गरिसकेको छ ।

यो निर्णयले यहाँका विद्यार्थीहरुको पठनपाठन झनै अन्योल भएको हो । हिमाली जिल्लाहरुमा पढाइ सुरु भएलगत्तै लकडाउनसुरु भयो । शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख दलबहादुर बस्नेत हिमाली जिल्लाहरुमा फागुन एक महिना भने पढाई भएको बताउँछन् ।

‘शैक्षिक सत्र सकिन दुई महिना बाँकी छ, जम्मा पढाइ एक महिना भएको’ उनी भन्छन्, ‘कोरोनाले कर्णालीको पढाई धोस्त पा¥यो ।’

कोभिड–१९ को बढस् असर साक्षरतादर कम भएको जिल्लामा नै बढी परेको देखिन्छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार नेपालको औषत साक्षरता दर ६५ दशमलब ९ प्रतिशत हो । साझा विसाैनी दैनिकमा समाचार प्रकाशीत छ ।

तपाईको प्रतिक्रिया