प्रमुख प्रशासकीय अधिकृत ढकाललाई निजामति सेवा पुरस्कार

सुर्खेत । यसवर्षको निजामित सेवा पुरस्कार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल छनोट भएका छन् । निजामति सेवा दिवसमा सरकारले प्रदान गर्ने पुरस्कारमा ढकाल छनोट भएका हुन् ।

ढकालले ५० हजार रुपैयाँ राशीको पुरस्कार पाउने छन् । सरकारले प्रदान गर्न लागेको पुरस्कारले कामप्रतिको थप अपनत्व बढाएको ढकालको प्रतिक्रिया छ । ‘जिल्लामा रहेर काम गर्दा सरकारले उच्च मुल्यांकन गरिदिएको छ यसका लागि मन्त्रालयलाई धन्यवाद व्यक्त गर्दछु’ ढकालले भने, ‘निजामति क्षेत्रमा अझै थप जिम्मेवारीका साथ काम गर्ने मनोवल बढाएको छ ।’

सङ्घीयय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसवर्ष देशका १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्ने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया