जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको एक विद्यालयले २ वर्षको छात्रवृत्ति वितरण नगरेको पाइएको छ । गाउँपालिकाको वडा नं. ५ कार्कीज्यूला रहेको सीता माध्यमिक विद्यालयले २०७५ सालेखि हालसम्मको छात्रवृत्ति वितरण नगरेको पाइएको हो ।
सरकारले गरिब, जेहेन्दार, दलित, महिला, अपाङ्ग पिछडिएका छात्र छात्रालाई वितरण गर्दै आएको छात्रवृत्ति विद्यार्थीसम्म नपुगी बिच बाटोमै शिक्षकले झ्याम पारेका छन् ।
छात्रवृत्तिको भरमा विद्यालयमा पढ्ने विद्यार्थीहरूको स्कुल नै छुट्यो तर विद्यालयका शिक्षकले विद्यार्थीलाई छात्रवृत्ति दिएनन् । यस्तो शिक्षकको हर्कतले सयौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरे तर सम्बन्धित निकाय बेखबर भएको स्थानीयको आरोप छ । बारेकोट गाउँपालिका भित्रका झन्डै एक सयभन्दा बढी बालबालिका गरिवीकै कारण शिक्षाको पहुँचभन्दा बाहिर रहेको शिक्षा विज्ञको भनाई छ ।
बारेकोट गाउँपालिका ६ ताँसीकी माया विकलाई पढाई खर्च जुटाउन हैरान हुन्छ । सरकारले दिएको छात्रवृत्ति शिक्षकले दिँदैनन् पढाई खर्चकै लागि बिहान बेलुका अरुको काम गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन ।
उनी जस्ता थुप्रै विद्यार्थीहरू पढाई खर्च जुटाउन अरुकै काम गर्नुपर्ने बाध्यतामा रहेको बेला सरकारले पढाई खर्चमा सहजता पु¥याउन दिने छात्रवृत्ति बिच बाटोमै खाने शिक्षकलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । जाजरकोटबाट प्रकाशीत हुने भेरीमालिका दैनिकमा खवर छ ।
नेपालीरैबार । २०७७ भाद्र २३, मंगलवार