विरोधकाबिच इजरायलमा पुनः लकडाउन लागू गरिने

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशभर लकडाउनको बिरोध हुने भएपनि तीन साताका लागि लकडाउन लागू गरिने जानकारी दिनुभयो ।

इजरायलमा दैनिक ४ हजारको दरमा कोरोना संक्रमण फैलन थालेपछि इजरायल लकडाउन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्री नेतान्याहुको भनाई छ ।

इजरायलमा महान चाड यहुदी त्योहार पर्व नजिकिएको बेला लकडाउन लागू गर्न लागेको भन्दै यसको विरुद्धमा एक मन्त्रीले राजीनामा समेत दिइसकेका छन् भने सत्ताधारी गठबन्धनले आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

९० लाख जनसंख्या भएको इजरायलमा कोरोनाका कारण १ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार नाघेको छ । इजरायलमा यसअघि गत मार्चको सुरुमा गरिएको लकडाउन एक महिनासम्म कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया