कर्णालीमा कोरोना संक्रमितको संख्या ३१ सय नाघ्यो

सुर्खेत । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा एकै दिन ४४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हाल कर्णालीमा कोरोना संक्रमितको संख्या तीनहजार एकसय सात पुगेको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको परिक्षणमा सुर्खेत जिल्लामा २८ जना सहित ४३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा एक जनमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण्मा सुर्खेतका २८ जना, दैलेखका चार जना, सल्यानका दुइजना, डोल्पा, दाङ्ग, डोटी, काभ्रे, दोलखा, रोल्पा, भक्तपुर, रुपेन्देही र बाँके जिल्लाका एक/एक जना रहेका छन् ।

यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा दैलेखमा एक जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सबै भन्दा धेरै संक्रमण पुष्टि हुने सुर्खेत जिल्लामा पनि वीरेन्द्रनगर नगरपालिकामा २८ जना रहेका छन् । जस्मा वीरेन्द्रनगरपालिका वडा नम्बर १ देखी १२ वडामा संक्रमण धेरै फैलिएको छ । र वीरेन्द्रनगर  नगरपालिका वडा नम्बर १२ की एक ८६ बर्षकी वृद्धा महिला समेत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै शनिबार कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भन्ने दुइ रहेको छ । हाल सम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५१ ज्ना पुगेको मन्त्रालयले जनाएको छ । कर्णालीमा कोभिड-१९ का संक्रिय विरामीको संख्या ३ सय ८० पुगेको छ । कर्णालीमा हालसम्म ७० हजार ४ सय १२ जनामा आरटी पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया