कोरोनाले ऋणमा डुबे व्यापारी

बैंकको किस्ता तिर्न नसक्दा ब्याज बढेको बढ्यै

जाजरकोट । कोरोना भाइरस संक्रमणबाट बच्नको लागि सरकारले ६ महिनासम्म लकडाउन अर्थात बन्दाबन्दी ग¥यो । बन्दाबन्दीमा जाजरकोटका सबै व्यवसायहरु बन्द भए । व्यवसाय बन्द भएपछि व्यापारका लागि बैंकबाट ऋण लिएका व्यापारीहरु अहिले निकै मर्कामा परेका छन् ।

६ महिनासम्मको बन्दाबन्दीले व्यापारीहरुको व्यापार भएन, उल्टै समान म्याद गुज्रिने लगायत सामानमा मुसाले क्षति पु¥यायो । जिल्लाको ठाँटीबजारमा व्यापार गर्दै, आएका यूनिक कलेक्सनका सञ्चालक राजन थापाले दुःखेसो पोखे, “सामान ल्याउनका लागि केही सहकारी संस्थाबाट ऋण लिएको थिएँ । सरकारले लकडाउनको घोषणा ग¥यो । लडाउनका कारण पसलमा कुनै सामान हाल्ने वातावरण भएन । अहिले ऋण बुझाउन निकै समस्या परेको छ ।”

बन्दाबन्दीका कारण बन्द पसलका सामानहरु नहेर्दा मुसाले ३५ सयदेखि ४ हजार सम्मका हुँडहरु काटेर छियाछिया पारेको उनको भनाई छ । उनी जस्तै, सिटिजन्स बैंक नजिकै सञ्चालनमा रहेको श्रेष्ठ आयल स्टोर एण्ड अर्डर सप्लार्सका प्रोप्राइटर रमेश श्रेष्ठको पनि गुनासो उस्तै छ ।

“लकडाउनको समयमा व्यापार हुने कुरै भएन । त्यसमा पनि हाम्रो आयलको पसलमा त गाडीहरु चले मात्र व्यापार हुने हो ।’ उनले भने, ‘नत्र हामी केको व्यापार गर्ने ? केही समयपछि गाडी खुलेपछि ढुवानीमा निकै समस्या भयो । गत वर्षको भन्दा यो वर्षमा आधा जति नि व्यापार भएन ।’’

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको अर्थतन्त्र नै कमजोर बनेको छ । विकासोन्मुख देश नेपाल भएकोले यहाँको स्थिती निकै कमजोर बनेको छ । कर्णालीको दुर्गम जिल्लाका रुपमा गनिने जाजरकोटमा ६ महिनासम्म पसलहरु बन्दा हुँदा व्यापारीहरु निकै मर्काका परेका छन् ।

ढुवानीमा वृद्धि, बैंक तथा सहकारीको ऋण म्याद गुजे्रका सामग्री लगायतका समस्याले व्यापार नै बन्द हुने स्थितीमा पुगेको उद्योग वाणिज्य संघ जाजरकोटका महासचिव इश्वरी खत्रीले बताए । जिल्लामा भएका नयाँ तथा पुराना उद्योगहरु बन्द भए ।

व्यापार नभएपछि ऋण नै तिर्ने पैसाको समस्या भएको शिखर गार्मेन्ट उद्योगका सञ्चालन भीमबहादुर परियाले बताए । सडकको छेउमा व्यापार गर्नका लागि बनाएका घुम्तीहरु अहिलेसम्म बन्द छन । ‘कमाई हुनेभन्दा पनि भाडा बढी भईसक्यो कसरी चलाउन सकिन्छ ?’ थाप्लेमा घुम्ती गर्ने बारेकोटकी कल्पना विकको गुनासो छ ।

‘सरकारले व्यापारीमाथि विभेद् ग¥यो’

उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्रीले सरकारले व्यापारीमाथि विभेद् गरेको बताएका छन् । उनले सरकारले लकडाउनको बेला व्यापारीमाथि विभेद गरेको भेरीमालिकासँग बताए ।

‘कोरोनाले देशभरीका व्यवसाय बन्द गर्दा मात्र जोखिम कम हुने देखियो । सरकाले हामी व्यवसायलाई किन भेदभाव ?’ उनले भने, ‘कोरोनाका बिचमा भ्रष्टाचार, एमसीसी, सीमाना, विभिन्न हत्या काण्डदेखि राहत वितरणका ठुला–ठुला आन्दोलन भए । स्थानीय तहका कार्यालय सहयोगी सम्मको पास बन्यो ।

पहुँचवालाले देशभरी मात्र होइन मित्र राष्ट्रसम्म घुम्ने अवसर पाए । आफुखुसी घुम्नेलाई कोरोनाकोे जोखिम बढेन ? सरकार मुखदर्शक बन्यो ।’ देशको अर्थतन्त्र ठुलो हिस्सा निजी क्षेत्रको हात छ भन्ने थाहा हुँदाहुँदै विकल्प नखोजिएको खत्रीको भनाइ छ । जाजरकाेटबाट प्रकाशीत भेरीमालिका दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया