ज्यामिरेवासीले गरे ढुंगे पोखरी निर्माण, धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

सल्यान । वषौदेखि खानेपानीको समस्या झेल्दै आएका सल्यान बनगाड कुपिन्डे नगरपालिका-८ ज्यामिरेका दलित समुदायले सामाजिक काम गर्न थालेका छन् । दलित सेवा संघ सल्यानको आयोजना विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजनाबाट गठित दलित अगुवा कृषक समुहका सदस्यरुको सक्रियतामा खाल्डे पानीको मुहान संरक्षण गरी ढु‌गे पोखरी निर्माण गरिएकाे हाे ।

ढु‌गे पाेखरी निमार्णपछी स्थानीयलाई खाल्डाेकाे धमिलाे पनी खानुपर्ने समस्या अन्त्य भएकाे छ । मुहमा बचत गर्ने र फर्केन फुर्सदै नहुने दलित महिलाहरु आजभोली समुहमा सामाजिक काममा जोडिन थालेपछि पुरुषलाइ पनि थप चुनौती बढेको पट्टु विककाे भनाइ छ । खानेपानी मुहान संरक्षण बाटो निर्माण जस्ता सामाजिक काम समुहमा नै मिलेर गर्न थालेकाे उनले बताइन ।

यहाँका स्थानीयलाइ यसअघि याे खाेल्डाेबाट  १० गाग्री भन्दा बढि पानी नपाइने समस्या थियाे । त्यसको लागि बिहान ४ बजे र १० वजे नै पानी ल्याउन जाँदा १० गाग्री पानी मुस्किलले पाइने भएकाले महिलाको सरसफाइ, बलवालिकाको सरसफाइ र सौचालय पानी विहिन हुदाँ झाडापखाला, आउमासी टाइफाइड जस्ता समस्या समुहका सदस्यहरुमा देखिएकाे स्वयसेविका पार्वती विककाे गुनासाे छ ।

समुहले सक्रियाता देखाउदा बजेट विनाको कामले पनि मानव स्वास्थ्य स्वस्थ्य राख्न र जलवायु अनुकुलन सगै समुहका सदस्यहरुको सामाजिक चेतनाको विकास गरी सामुहिक कामबाट समाजमा सकारात्मक परिवर्तन हुदो रहेछ भन्ने भावना विकास भएकाे छ ।

स्थानीय सरकारको मुख ताक्नुपर्ने स्थानीय श्रोत र साधनको प्रयोग गर्ने बानीको विकासमा ध्यान नदिनु र समुहमा बचत र लगानी को छलफल मात्र सिमित हुने संस्कार दलित सेवा संघले अन्त्य गरेको देख्दा खुसी लागेकाे वडा सदस्य गोपली विककाे भनाइ छ ।

यसरी दलित सेवा संघ सल्यानले समुहमा भएका समस्याहरु छलफल गदै समस्या प्राथमिकिकरणबाट साउनेपानी मुहान खाल्डोको रुपमा परिवर्तन भएको र मानव र पशुले सगै पानी खाने समस्या सामाधानमा समुहको निर्णयबाट समाजिक समस्या सामाधान हुदा सुरक्षित पानीको मुहानबाट ४० घरधुरी दलित तथा गैरदलित लाभान्सवित भएकाे समुहकी कोषाध्यक्ष काली विकले बताइन ।

तपाईको प्रतिक्रिया