बिहे गरेको एक हप्तामै पूनम पाण्डेका श्रीमान श्रीमती कुटेको आरोपमा पक्राउ

मुम्बइ। बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेले बेलाबेलामा सामाजिक संजालमा सनसनी मच्चाउँछिन् । उनी आफ्ना बोल्ड पोस्टका कारण चर्चामा रहिरहन्छिन् ।

उनले एक हप्ताअघि मात्र ब्वाइफ्रेण्ड साम बाम्बेसँग विवाह गरेको घोषणा गरेकी थिइन् । तर, बिहेको एक हप्तामै पूनमले श्रीमानमाथि कुटपिटको आरोप लगाएकी छिन् । उनका पति साम बाम्बे पक्राउ परेका छन् ।

पूनमले कुटपिट र धम्की दिएको आरोप लगाएपछि सामलाई पुलिसले गोवाबाट पक्राउ गरेको हो । सूत्रका अनुसार घटना सोमबार रातीको हो । रिपोर्टका अनुसार त्यस दिन पूनमले दक्षिण गोवाको एउटा गाउँमा फिल्मको सुटिङ गरिरहेकी थिइन् । घटना यही क्रममा भएको हो । पीटीआइको रिपोर्टअनुसार अब सामको मेडिकल जाँच गरिनेछ र अदालतमा उपस्थित गराइनेछ ।

तपाईको प्रतिक्रिया