यामाहाको नयाँ (हल्का र ह्याब्बी) स्कुटर बजारमा, १ लिटर तेलले ५० k.m कुद्छ


सुर्खेत । यामाहाको नयाँ स्कुटर बजारमा आएको छ । यामाहा कम्पनीले ray zr fi125cc को हल्का र ह्याब्बी नयाँ स्कुटर बजारमा ल्याएको हो । उक्त स्कुटरमा fi टेक्नोलोजीमा आधारीत नयाँ फिचर राखिएका छन् ।

प्रतिलिटर तेलले ५० किलोमिटर कुद्ने, साइडस्ट्याण्ड लगाउँदा गाडी स्टार्ट नहुने, बजारका अन्य ब्राण्डका स्कुटरभन्दा कम तौल र ह्याब्बी देखिने, मोबाइल चार्जको व्यवस्था लगाएतका नयाँ र आकर्षक फिचर राखिएका हुन् ।

उक्त नयाँ ब्राण्डको स्कुटर यामाहा कम्पनीले आज देशभरका ९० वटा शाखा (डिलर)बाट एकैसाथ बजारमा लन्च गरेको छ । डेनिस अटोसप एण्ड सप्लायर्स यामाहा स्वरुम सुर्खेतका सञ्चालक गणेशकुमार बस्नेतका अनुसार यामाहा कम्पनीले बजारमा ल्याएको ray zr fi125cc को हल्का र ह्याब्बी नयाँ स्कुटर बजारका अन्य ब्राण्ड भन्दा भिन्न र नयाँ टेकनोलोजीमा आधारीत स्कुटर हो ।

‘यसअघि बजारमा आएका स्कुटरले तेल लिनेमा एकरुपता थिएन । कार्पेट प्रयोगले चिसोमा किक हान्नपर्ने हुन्थ्यो’ उनले भने, ‘तर यामाहाले ल्याएको नयाँ स्कुटरमा यस्ता कुनै समस्या छैनन् । नेपालमै पहिलो पटक यूएसवी सिस्टम टेक्नोलोजीबाट बनाइएका स्कुटर हुन् ।’

उनका अनुसार हेर्दा स्कुटर ह्याब्बी देखिएपनि हल्ला छ । बजारका अन्य ब्राण्डका स्कुटरको तुलनामा २० केजीसम्म कम तौल छ । यो स्कुटरको कुल तौल ९९ केजी मात्रै छ । तर रेडियल ठुला र मोटा टायर भएकाले गाडी स्पीड जादाँ पनि पत्ताउँदैन ।

यो स्कुटरको मुल्य २ लाख ५४ हजार ९ सय छ । बजारका अन्य स्कुटर भन्दा थोरै महंगो भएपनि गाडी चड्दा सुरक्षित र दिगो हुने आकर्षक र भरपर्दा फिचर छन् । भने स्कुटरको पीकप पनि राम्रो छ ।

‘ग्राहकले स्कुटर चलाएर सुरक्षित महशुस गर्न सक्छन् । हाम्रा ब्राण्डलाई मन पराएर साथ दिनुहुने सबैलाई धन्यबाद’ बस्नेतले नेपाली रैबारसँग भने, ‘विगत १५ वर्षदेखि सुर्खेतमा सेवा दिदै आएका छौं । यस वर्ष कोरोनाका कारण सोचेअनुसार कारोवार भएन । तर ग्राहकको माग र जनसंख्याका आधारमा निकट भविष्यमै वीरेन्द्रनगरको पीपीरामा शाखा खोल्ने तयारी छ ।’

साथै उनले यामाहा कम्पनीले बजारमा ल्याएको ray zr fi125cc को हल्का र ह्याब्बी नयाँ स्कुटर प्रयोग गरेर सुझाब दिन सबैलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया