‘स्थायी जागिर छोडेर व्यवसायमा लागें’


पहिले पहिले डोकोमा तरकारी तथा फलफुल बोकेर बजार खोज्दै भौतारीनेदेखि फलफुल पसल सञ्चालन गर्नेलाई समाजले फरक दृष्टिकोणले हेथ्र्यो । कतिपयले समाजमा अन्य कुनै विकल्प नपाएकाहरु तरकारी तथा फलफुल बेच्छन् भनेझै पनि गथ्र्ये । तर अहिले समय उल्टो छ । तरकारी तथा फलफुल व्यवसाय सबैको ईज्जतिलो पेशा बनेको छ । आफ्नै पौरखले बारीमा तरकारी तथा फलफुल उत्पादन गर्ने कृषकदेखि बजारमा बेच्ने व्यापारीसम्म सम्मानीत हुन थालेका छन् ।

विगत १० वर्ष यता तरकारी व्यवसाय गर्दै आएका प्रकाशकुमार तिमिल्सेनाले भने, ‘अहिले म फलफुल व्यवसायबाट निकै सन्तुष्ट छु । पहिलेको तुलनामा दिनप्रतिदिन उपभोग ह्वात्तै बढ्दैछ । सँधै अर्काको अण्डरमा बसेर जागिर खानुभन्दा स्वइच्छाले स्वतन्त्र भएर व्यवसाय गर्नुमा छुट्टै आनन्द छ ।’ स्थायी जागिर समेत छोडेका उनले एक दशक यता बुलबुले सब्जिमण्डी वीरेन्द्रनगर सुर्खेतमा प्रकाश फलफुल मण्डी सञ्चालन गरेका हुन् । उनको मण्डीमा सबै प्रकारका फलफुल पाइन्छन् । सिजन अनुसारका फलफुल होलसेल तथा थोक बिक्रि हुन्छ । फलफुलमा जतिकै फाइदा छ । त्यतीनै चुनौती रहेको उनले बताए ।

‘ससमयमै फलफुल बेच्न नसके कुहिएर खेर जान्छ । उत्पादन र बजारीकणमा तालमेल मिलेको छैन । यस तर्फ कृषक र व्यापारीले मात्रै सोचेर हुदैन । राज्यले पनि ध्यान दिनुपर्छ’ उनले भने, ‘तरकारी तथा फलफुल उत्पादनमा बजारीकरणलाई व्यवस्थीत बनाउने हो भने कृषक र व्यापारी मात्रै आत्मनिर्भर बन्दैनन् राज्यको अर्थतन्त्र पनि बलियो हुन्छ ।’

उनले सञ्चालन गरेको मण्डीमा कर्णाली प्रदेशसँगै, सुदुरपश्चिम र प्रदेश ५ का विभिन्न ठाउँबाट फलफुल आयात हुन्छ । नयाँ नयाँ कृषकबाट फलफुल खरिद गर्दा केही झण्झट हुने गरेको उनको भनाइ छ । विगतका वर्षको तुलनामा यस वर्ष कोरोना भाइरसका कारण लकडाउन हुदाँ व्यवसायमा ७५ प्रतिशत घाटा लागेको तिमिल्सेनाले बताए । ६० हजारबाट व्यवसाय शुरु गरेका उनी अहिले करोडौका मालिक बनेका छन् । भने १० जना बढिलाई रोजगारी समेत दिएका छन् ।

अध्ययनले वीएडसम्म पढेका प्रकाशकुमारले विद्यार्थी राजनीतिमा नेविसंघसँग आबद्ध भएर शिक्षा क्याम्पस इकाइ कमिटिको सचिवसम्म बने । रोजगारीको खोजिमा २०५९ अघि दुई वर्ष सडक विभागमा समेत काम गरेको उनीसँग अनुभव छ । २०५९÷०६० मा नेपाल आर्मीको जागिर खाएका उनी जागिर नै छोडेर अहेब पढे । जीवन संघर्षको क्रममा धेरै उतारचडाब भएपनि प्रकाशकुमारको घरमा कहिल्यै खान लगाउनको समस्या भएन ।

‘जब स्थायी जागिर छोडेर व्यवसाय गर्न थाले । तब मेरो मन स्थीर भयो । भने आम्दानी पनि बढ्दै गयो । आम्दानीको केही रकम यसै व्यवसायमा लगानी गर्छु । बचेकोले घर खर्च चलाउँछु’ उनले थपे, ‘यही व्यवसायबाट वीरेन्द्रनगरमा घरघडेरी जोडेको छु । परिवारलाई खुसी दिएको छु । अबको योजना उद्योग सञ्चालन गर्नेछ । उद्योग सञ्चालन गरेर फलफुलबाट जुसदेखि वाइनसम्म सुर्खेतमै बनाउने योजनामा छु ।’

error: Alert: Content is protected !!