तातोपानी गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा उपकरण अभाव

आइसियु र भेन्टिलेटर सहितका उपकरण थप्ने तयारी

सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नभएपछि आइसियु र भेन्टिलेटर सहितका उपकरण थप्ने तयारी भएको छ । कोरोना माहामारीलाई मध्यनजर गरी तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको हो। तर अस्पतालमा अहिले आवश्यक उपकरण र जनशक्ति छैन ।

गाउँपालिकामा हाल कोरोना संक्रमितको संख्या पनि कम भएकाले आवश्यक जनशक्ति र उपकरणको खाँचो छैन । तर भविष्यमा निम्निसक्ने माहामारीलाई मध्यनजर गरी तत्काल आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न जरुरी छ । गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको हो । तर अहिले अस्पतालमाको आइसोलेसनमा साधारणतय हेन बेड मात्र राखिएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अस्पतालमा पालिकाले आवश्यक सुविधा थप्दै जाने योजना बनाएको छ । तत्काल आइसियु, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको उनले बताए । अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृत (चिकित्सक) को आवेदन नपरेको समेत उनले जनाए ।

हाल अस्पतालमा दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्। भने ७ जना सक्रिय कोरोना संक्रमित बसेका छन् । गएको चैत महिना यता १२ जनालाई मात्रै कोरोना संक्रमण भएको पालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताए। यस मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्। भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। गाउँपालिकामा ५० बेडको आइसोलेसनको समेत व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया